Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बालसुधार गृहबाट भागेका ६० जना पुनः पक्राउ, १ सय फरार

बालसुधार गृहबाट भागेका ६० जना पुनः पक्राउ, १ सय फरार

विराटनगर : विराटनगर महानगरपालिका–३ मा रहेको बाल सुधारगृहबाट बुधबार बिहान २ सयभन्दा बढी बाल बिजाइँकर्ताहरू फरार भएका छन् । गृहमा रहेका कूल २ सय ५५ जनामध्ये करिब ५० जना मात्र भित्र बसेको र बाँकी फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार, बाल बिजाइँकर्ताहरूले गृहको मुख्य गेटको चाबी फुटाएर सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई लछारपछार पार्दै भागेका थिए । सुधारगृहको सुरक्षाका लागि २० जनाभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

घटनालगत्तै फरार भएकाहरूलाई नियन्त्रणमा लिनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । हालसम्म फरार भएकामध्ये करिब ६० जनालाई नियन्त्रणमा लिइसकिएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएकाहरूलाई पुनः सुधार गृहभित्र लगिएको छ । फरार भएका बाल बिजाइँकर्ताहरूलाई स्थानीय बासिन्दाले पनि नियन्त्रणमा लिएर सुरक्षाकर्मीको जिम्मा लगाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट