Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

लुटिएका हतियार सुरक्षाकर्मीलाई बुझाउन सेनाको आग्रह, नबुझाए कारबाही

लुटिएका हतियार सुरक्षाकर्मीलाई बुझाउन सेनाको आग्रह, नबुझाए कारबाही

काठमाडौं : नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार फिर्ता गर्न आग्रह गरेको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले हतियार बुझाउन बुधबार विज्ञप्ति जारी गरेको छ । यदि कसैले उक्त हतियार वा गाेलीगठ्ठा नबुझाएमा कानुनबमाेजिम कारबाही हुने सेनाले चेतावनी दिएकाे छ ।

मंगलबार काठमाडौंलगायत देशका विभिन्न स्थानमा प्रर्दशन हुँदा सुरक्षाकर्मीका हतियारसमेत खोसिएका थिए । सेनाले काठमाडौं र पोखराबाट केही हतियार बरामद गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट