Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

खरानी भइसकेको सर्वोच्चमा महानगरको दमकल

खरानी भइसकेको सर्वोच्चमा महानगरको दमकल

काठमाडौं : सर्वोच्च अदालतमा लागेको आगो निभाउन काठमाडौंको महानगरपालिकाले दमकल परिचालन गरेको छ । मंगलबार लागेको आगो निभाउन आज बिहान दमकल परिचालन गरिएको छ ।

जेनजी प्रदर्शनको क्रममा प्रदर्शनकारीहरुले लगाएको आगोले सर्वोच्च अदालत पूर्णरुपमा जलेर ध्वस्त भइसकेको छ । काठमाडौं र हेटौंडाको डाटा सेन्टरमा क्षति भएपछि सिंगो मुलुकको न्यायप्रणालीमा ठूलो असर परेको छ । मुद्दाका मिसिल, सर्भर, जलेर नष्ट भएको हुँदा सर्वोच्च अदालतले पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ ।

यस्तै सिंहदरबार, सरकारी वकिल कार्यालय, संघिय संसद भवन, विशेष अदालत, काठमाडौं जिल्ला अदालत, शितल निवास गरि थप्रै सरकारी कार्यालयहरु जलेर ध्वस्त भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट