Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बारामा भने जेनजी आन्दोलन शान्तिपूर्ण

बारामा भने जेनजी आन्दोलन शान्तिपूर्ण

बारा : जेनजी पुस्ताले गरेको आन्दोलन बारामा भने शान्तिपूर्ण देखिएको छ । जिल्लाको सदरमुकाम कलैया, निजगढ, जीतपुर, सिमरा लगायत सहरी क्षेत्रमा युवा पुस्ताहरूले सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जिल्लाभित्र मुख्य सहरी क्षेत्रमा जेनजी पुस्ताले गरेको आन्दोलन शान्तिपूर्ण रहेको बताएका छन् ।

‘हामीले आन्दोलनमा सहभागीहरूमाथि बल प्रयोग गर्नेभन्दा पनि सम्झाउनु, बुझाउने कोसिस गरेका छौ’ प्रजिअ पौडेलले भने ‘आज जिल्लाका शैक्षिक संस्था र यातायात क्षेत्र बन्द भए पनि आन्दोलन शान्तिपूर्ण छ’

सामाजिक सञ्जाल बन्देज, बढ्दो भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामा नियन्त्रण लगाउने सरकारी कदमको विरोधमा युवाहरू सडक उत्रिएका हुन् । जेनजी आन्दोलनमा ज्यान गुमाएका युवा तथा विद्यार्थीहरू प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै बाराको जीतपुर सिमरा सहित केही पालिकाहरूले शोक बिदा दिएका छन् । जेनजी युवाहरूले बाराका विभिन्न ठाउँमा आइतबार साँझदेखि नै विरोधको कार्यक्रम सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij