Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १७ पुग्यो, १९४ घाइते

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १७ पुग्यो, १९४ घाइते

काठमाडौं : ट्रमा सेन्टरमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको ट्रमा सेन्टरमा मृत्यु भएसंगै मृतकको संख्या १७ पुगेको छ ।ट्रमा सेन्टरमा मात्रै ६ जना, एभरेस्ट अस्पतालमा ५ जना, सिभिल अस्पतालमा ३ जना, काठमाडौँ मेडिकल कजेलमा २ जना र टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म कुल १५ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।स्वास्थ्य मन्त्रालयले विभिन्न अस्पतालसँगको समन्वयमा तयार पारेको तथ्यांकअनुसार, घाइते हुनेको संख्या १९४ जनाभन्दा बढी रहेको छ । मृतकहरूको परिचय भने खुलेको छैन।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij