Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

संसद् भवनबाहिर प्रधानमन्त्री ओलीविरूद्ध चर्को नाराबाजी, निरन्तर अश्रुग्यास र गोली प्रहार

संसद् भवनबाहिर प्रधानमन्त्री ओलीविरूद्ध चर्को नाराबाजी, निरन्तर अश्रुग्यास र गोली प्रहार

काठमाडौँ : भ्रष्टाचार र बेथितिका साथसाथै सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा उत्रिएका जेनजीविरुद्ध प्रहरी दमन भएको छ । जेनजीले निषेधित क्षेत्र अर्थात नयाँ बानेश्वरस्थित संसद भवनबाहिर प्रदर्शन गरिरहेका छन् भने स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले निरन्तर अश्रुग्यास प्रहारका साथै गोली समेत चलाइरहेको छ ।

प्रहरीको गोली लागेर हालसम्म २ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । प्रदर्शनकारीले बानेश्वरका सडकमा टायर बालेर प्रदर्शन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij