काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको कर्फ्यु क्षेत्र बिस्तार गरेको छ । यसअघि बानेश्वर–तिनकुने क्षेत्रमा मात्र कर्फ्यु लगाएको प्रशासनले पछि त्यसलाई बिस्तार गरेको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार राष्ट्रपतिको कार्यालय शीतलनिवास, उपराष्ट्रपतिको कार्यालय लैनचौर, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार क्षेत्रमा कर्फ्यु लगाएको हो ।आज दिउँसो १ बजेदेखि राति १० बजेसम्म कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशमा उल्लेख छ ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij