Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

आन्दोलनकारीले संसद् भवनको गेटमा लगाएको आगो प्रहरीले निभायो

आन्दोलनकारीले संसद् भवनको गेटमा लगाएको आगो प्रहरीले निभायो

काठमाडौँ : जेनजीको प्रदर्शनका क्रममा राजधानीको नयाँ बानेश्वरस्थित संसद् भवनको गेटका दुई स्थानमा गरेको आगजनी प्रहरीले निभाएको छ । प्रदर्शनकारीले गेट नम्बर १ र गेट नम्बर २ मा आगजनी गरे पनि प्रहरीले तत्काल निभाएको हो ।

अहिले नयाँ बानेश्वर क्षेत्रको स्थिति तनावपूर्ण रहेको छ भने प्रदर्शनकारीले सरकारविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् । केही प्रदर्शनकारी संसद् भवनभित्रै प्रवेश समेत गरेका छन् । अहिले स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरे पनि बानेश्वर क्षेत्र तनावग्रस्त नै छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट