Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

न्युजिल्याण्डमा चार वर्षदेखि फरार टम फिलिप्स प्रहरी इन्काउन्टरमा मारिए, दुई बच्चा अझै बेपत्ता

न्युजिल्याण्डमा चार वर्षदेखि फरार टम फिलिप्स प्रहरी इन्काउन्टरमा मारिए, दुई बच्चा अझै बेपत्ता

काठमाडौँ :  न्युजिल्याण्डमा लगभग चार वर्षदेखि आफ्ना तीन छोराछोरीसहित फरार रहेका एक व्यक्तिलाई सोमबार प्रहरीले इन्काउन्टरमा गोली हानी हत्या गरेको छ । ती व्यक्ति २०२१ देखि त्यहाँको प्रहरीको लागि सबैभन्दा ठूलो पजल बनेका थिए ।

न्यूजिल्याण्डका कार्यवाहक उप–प्रहरी आयुक्त जिल रोजर्सले मृतक टम फिलिप्स भएको बताएका छन् । फिलिप्सको परिवारले पनि स्थानीय मिडियालाई उनको मृत्युको पुष्टि गरेको छ ।

घटना सोमबार बिहानको हो । फिलिप्सले आफ्नो एक बच्चाको साथमा कृषि सामान पाइने पसलमा चोरी गरेका थिए । प्रहरी आइपुग्ने बित्तिकै उनले गोली चलाए, जसमा एक प्रहरी अधिकारीको टाउकोमा गम्भीर चोट लाग्यो । अधिकारी गम्भीर अवस्थामा रहेको उनको शल्यक्रिया भएको बताइएको छ । यसपछि, फिलिप्सलाई घटनास्थलबाट गोली हानी मारिएको थियो र उनीसँगै रहेको एक बच्चालाई प्रहरीले हिरासतमा लिइएको थियो ।

फिलिप्सका अन्य दुई बालबालिका अझै बेपत्ता छन् । उनीहरूको सुरक्षाबारेमा प्रहरीलाई गम्भीर चिन्ता छ । हिरासतमा लिइएको बच्चाले अनुसन्धानमा सहयोग गरिरहेको छ ।

यी चार वर्षमा बालबालिकाले विद्यालयमा शिक्षा, स्वास्थ्य सेवामा पहुँच केही नपाएको प्रहरीको भनाइ छ । कसैले फिलिप्सलाई धेरै वर्षसम्म लुक्न मद्दत गरेको हुन सक्ने प्रहरीको विश्वास छ ।

गत वर्ष फरार फिलिप्सिको सूचना दिनेलाई ८० हजार न्यूजील्याण्ड डलरको इनाम र बालबालिकाहरू फेला पार्न जानकारी दिनेहरूलाई कानुनी छुट दिने वाचा गरिएको थियो । तर कुनै ठोस जानकारी फेला परेन । २०२१ को सेप्टेम्बरमा पनि फिलिप्स बालबालिकासहित बेपत्ता भएका थिए । उनीमाथि चोरी, बैंक डकैती र अवैध हतियार राखेको अभियोग लागेको थियो। फिलिप्सले कम्तीमा दुई पटक बैंकमा डकैती गरेको प्रमाण भेटिएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट