Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बारामा फेरी बाघको आक्रमणबाट अर्को एक जनाको मृत्यु

बारामा फेरी बाघको आक्रमणबाट अर्को एक जनाको मृत्यु

बारा : बारामा फेरी बाघको आक्रमणबाट अर्को एक जनाको मृत्यु भएको छ। एक हप्ता नबित्दै बारा जीतपुरसरिमा वडा नं. १ का करिब ५५ वर्षीय छेवाङ लामा बाघको आक्रमणबाट मृत्यु भएको हो।साइकल लिएर नजिकको प्रगतिशील सामुदायिक बनमा बाघको आक्रमणबाट मृत्यु भएको अवस्थामा फेला परेको घटनास्थल पुगेका जीतपुरसरिमा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले बताउनु भएको छ । च्याउ टिप्न जङ्गल गएको साइकल र उनको सामाग्रीले देखिएको उनले बताउनु भएको छ ।

डिभिजन वन कार्यालय  बारा सिमराका प्रमुख  राजीव झाले पटक पटक मानिसमाथि आक्रमण गरी मानवलाई खान थालेकाले नियन्त्रणका लागि डार्क टोली खटिसकेकोले चाडै नियन्त्रण गरिने बताउनु भएको छ ।

बारामा बाघको आक्रमणमा परी जीतपुर सिमरामा उपमहानगरपालिका–२२ निवासी ५५ वर्षीय कृष्ण प्रसाद शर्माको मृत्यु भएको हप्ता दिन बित्न नपाउँदै यो घटना भएको हो । जीतपुर सिमरामा यो बर्ष तीन जनाको बाघको आक्रमणबाट मृत्यु भई सकेको छ ।पटक पटक बाघले आक्रमण गरी मानिस खान थाले पनि निकुञ्ज र वनले बाघको नियन्त्रण गर्न नसकेको भन्दै चौतर्फी विरोध हुँदै आएको छ । नगरप्रमुख राजन पौडेल, सो क्षेत्रका सांसद किसान श्रेष्ठ लगायतले तत्काल बाघ नियन्त्रण लिन आग्रह गरे पनि पर्सा निकुञ्जमा डार्क टोली नहुँदा बाघ नियन्त्रणमा ढिलाइ हुँदै आएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट