Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बालिकालाई ठक्कर दिने मन्त्रीका गाडी चालक छुटे

बालिकालाई ठक्कर दिने मन्त्रीका गाडी चालक छुटे

काठमाडौं : कोशी प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री राम रानाका चालक चन्द्रनारायण चौधरी छुटेका छन् ।चौधरीले चलाएको गाडीले शनिबार हरिसिद्धिस्थित घुम्तीमा ११ वर्षीया बालिकालाई ठक्कर दिएको थियो । दुर्घटनापछि ललितपुर प्रहरीले उनलाई शनिबार नै नियन्त्रणमा लिएको थियो ।

कुनै उजुरी नआएको, बालिका उपचारपछि डिस्चार्ज भइसकेको र मन्त्रीले २५ हजार क्षतिपूर्ति तिरसकेकोले चालकलाई जिल्ला प्रहरी परिसर ललितपुरले छाडेको हो ।नेकपा एमालेको विधान महाविधेशनमा सहभागी हुन आएका प्रदेशमन्त्री राना सवार गाडीले शनिबार बिहान ललितपुरको हरिसिद्धिस्थित घुम्तीमा बालिकालाई ठक्कर दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट