काठमाडौं : नेपाल प्रहरीका इन्स्पेक्टर दिनेश गुरुङ कारागार चलान भएका छन् ।ललितपुर जिल्ला अदातलका न्यायाधीश ध्रुवराज त्रिपाठीको इजलासले गुरुङलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि इन्स्पेक्टर गुरुङ नख्खु कारागार चलान भएका हुन् ।
पूर्वपत्नीको उजुरीका आधारमा ललितपुर प्रहरीले उनलाई पक्राउ गरेरको थियो । उनमाथि बलात्कार, ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाइएको थियो । उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको थियो ।
गत २० साउनमा उनी पूर्वश्रीमती बस्ने ललितपुरको महालक्ष्मी नगरपालिका– ४ स्थित डेरामा पुगेका थिए । सोही दिन आफूलाई बलात्कार गरी कुटपिट गरेको उनकी पूर्वश्रीमतीले आरोप लगाउँदै प्रहरीमा उजुरी गरेपछि दुई साताअघि गुरुङ पक्राउ परेका थिए। बयानको क्रममा भने गुरुङले झगडा भएको स्वीकार गरेका छन्, तर बलात्कार अस्वीकार गरेका छन्।
इन्स्पेक्टर गुरुङले यसअघि सामाजिक सञ्जालमा आफू पूर्वपत्नीबाट पीडित भएको उल्लेख गरेका थिए । पूर्वपत्नी सँगै रहेकी छोरीसँग भेट्न जाँदा आफूमाथि अभद्र व्यवहार भएको दाबी उनको दाबी छ ।इन्स्पेक्टर गुरुङ प्रहरी प्रधान कार्यालय, नक्सालको १ नम्बर गणमा कार्यरत थिए । थुनामा गएसँगै उनी स्वतः निलम्बनमा परेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij