Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बौद्ध खुकुरी काण्ड : तीनजना अभियुक्त दिल्लीबाट पक्राउ, काठमाडौं ल्याइयो

बौद्ध खुकुरी काण्ड : तीनजना अभियुक्त दिल्लीबाट पक्राउ, काठमाडौं ल्याइयो

काठमाडौं : काठमाडौंको बौद्धस्थित बाहुनाधारामा मोटरसाइकलमा सवार एक युवकमाथि खुकुरी प्रहार गरेर फरार भएका तीन जना दिल्लीबाट पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दिल्ली प्रहरीको सहयोगमा उनीहरूलाई भारतको राजधानी दिल्लीबाट पक्राउ गरी काठमाडौं ल्याएको हो ।

पक्राउ परेकाहरूको नाम र ठेगाना सार्वजनिक गरिएको छैन । घटनामा संलग्न चौथो व्यक्ति भने फरार रहेको बताइएको छ । १२ साउनको राति करिब ९ बजेतिर बौद्ध नयाँबस्तीस्थित डी क्याफे मा खाजा खाएर बाहिर निस्कँदै गरेका काभ्रेको रोशी गाउँपालिका–१० का २८ वर्षीय जितबहादुर मोक्तानमाथि खुकुरी प्रहार भएको थियो ।

चार जनाको समूहले योजनाबद्ध रूपमा मोटरसाइकलमै पिछा गर्दै आएका मोक्तानमाथि हात, ढाड र पेटमा अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए । गम्भीर घाइते अवस्थामा रहेका मोक्तानको अहिले अवस्था खतरामुक्त भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट