Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सिनामंगलसहित विभिन्न स्थानमा चार जना मृत फेला

सिनामंगलसहित विभिन्न स्थानमा चार जना मृत फेला

काठमाडौँ : देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित तरकारी बजार नजिकै झाडीभित्र अन्दाजी ३२ वर्षका एक पुरुष शनिबार मृत भेटिएका छन्। मृतकको नाम, थर र ठेगाना खुल्न बाँकी छ।

त्यसैगरी, कास्कीको पोखरा महानगरपालिका–६ लेकसाइडस्थित होटल स्पेलेण्डिड भ्युमामा काम गर्दै बस्ने चितवन घर भएका ४३ वर्षीय दुर्गा प्रसाद खनाल आफ्नै कोठामा शनिबार मृत फेला परेका छन्।

कैलालीको मोहन्याल गाउँपालिका–३ स्थित वन कार्यालय नजिकैको सडक छेउमा लम्कीचुहा नगरपालिका–१० का ६३ वर्षीय तारे दमाई शुक्रबार मृत अवस्थामा भेटिएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ सिद्धबाबा टोलका ४० वर्षीय बिनोद विक पनि शुक्रबार सडक छेउमै मृत अवस्थामा फेला परेका छन्।

यी सबै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट