काठमाडौं : नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत महिलाहरूको चरित्र हत्या गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ। दिनेश कार्की नामक व्यक्तिले फेसबुकमा फेक अकाउन्ट बनाएर महिलाहरूसँग मित्रता गर्दै अश्लील भिडियो पठाउने, अपशब्द प्रयोग गरी गाली गलौज गर्ने र चरित्र हत्या गर्ने कार्य गरेको पाइएको प्रहरीले जनाएको छ ।
साइबर ब्यूरोमा पीडित महिलाहरूको निवेदन प्राप्त भएपछि आवश्यक अनुसन्धान र प्राविधिक विश्लेषणबाट दिनेश कार्कीको ठेगाना सुनसरी, रामधुनी नगरपालिका वडा नं. ३ रहेको पुष्टि भएको थियो। उनको पक्राउ इलाका प्रहरी कार्यालय पकली, सुनसरीको सहयोगमा भदौ १९ गते सुनसरी जिल्लाबाट गरिएको र आज काठमाडौं जिल्ला अदालतको आदेशअनुसार अनुसन्धानको लागि पाँच दिन म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij