Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

आईजी खापुङले सम्हाले प्रहरीको ‘कमाण्ड’, शान्तिसुरक्षा प्रमुख प्राथमिकता

आईजी खापुङले सम्हाले प्रहरीको ‘कमाण्ड’, शान्तिसुरक्षा प्रमुख प्राथमिकता

काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले बिहीबार अपराह्नदेखि कार्यभार सम्हालेका छन् । पद बहालीसँगै उनले मुलुकको शान्ति सुरक्षा आफ्नो प्रमुख प्राथमिकता भएको स्पष्ट पारेका छन् ।

मन्त्रिपरिषद्को १३ भदौको निर्णयअनुसार उक्त पदमा पदोन्नति पाएका खापुङलाई आजै गृहसचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिह्नबाट सुशोभन गरेका थिए । त्यस अवसरमा गृहसचिव दुवाडीले गौरवशाली सङ्गठनको प्रमुख जस्तो गरिमामय पद प्राप्त गरेकामा प्रहरी महानिरीक्षक खापुङलाई हार्दिक बधाई तथा सफल कार्यकालको सफलताको कामना गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षक, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारी, प्रहरी नायब महानिरीक्षक एवं सञ्चारकर्मीहरूको सो अवसरमा उपस्थिति थियो ।

पद बहालीपछि महानिरीक्षक खापुङले नेपाल प्रहरीको श्रीवृद्धिका साथै मुलुकमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्नु आफ्नो उद्देश्य भएको बताउँदै त्यसलाई साकार तुल्याउन सङ्गठनका सबैबाट योगदान हुने विश्वास व्यक्त गरे ।

पद बहालीअघि उनले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै कार्यालय परिसरमा वृक्षरोपण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट