Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

नक्कली विवाह गराइ ठगी गरेको आरोपमा सुर्खेतमा दुई जना पक्राउ

नक्कली विवाह गराइ ठगी गरेको आरोपमा सुर्खेतमा दुई जना पक्राउ

‎सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेतले नक्कली विवाह गराई ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखका गोपाल कुमार विक (४०) र अछामकी भविसरा रास्कोटी मगर (३८) रहेका छन् ।

‎जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार सामाजिक सञ्जाल फेसबुक लगायतका माध्यमबाट कुराकानी गरी नक्कली आमाबुवा तथा छोरी बनेर विवाह गर्ने र विवाहपश्चात बेहुलीले नगद तथा गरगहना लिएर बेपत्ता भई ठगी गर्ने गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

‎अनुसन्धानका क्रममा फरक फरक मितिमा विभिन्न पुरुष व्यक्तिसँग एउटै महिलालाई विवाह गराइ ठगी गरेको भन्दै पीडितहरूले प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । ‎पक्राउ परेका गोपाल कुमार विक दैलेख साढु घर भई हाल सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० बस्ने होटल सदाशंकरका सञ्चालक हुन् ।

त्यस्तै भविसरा रास्कोटी मगर अछाम तुर्माखाद गाउँपालिका– ३ सिजी घर भई हाल सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० बस्दै आएकी छिन् । ‎उनीहरूलाई आपराधिक लाभ तथा ठगी कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बुढ्थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट