Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

गोंगबुबाट ४ करोड २५ लाख र ९ किलो सुनसहित पक्राउ परेका श्रेष्ठलाई राजश्वमा पठाइने

गोंगबुबाट ४ करोड २५ लाख र ९ किलो सुनसहित पक्राउ परेका श्रेष्ठलाई राजश्वमा पठाइने

काठमाडौं : काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित टाउन प्लानिङबाट सुन र नगदसहित पक्राउ परेका विनोद श्रेष्ठलाई प्रहरीले राजस्वमा बुझाउने निर्णय गरेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बरामद रकम र सुुनसहित श्रेष्ठलाई राजश्व अनुसन्धान विभाग पठाउन लागेको बताए ।मंगलबार प्रहरीले छापा मारेर श्रेष्ठको घरबाट चामलको बोरामा लुकाएर राखेको ४ करोड २५ लाख ५० हजार नगद, ९ केजी ८३७ ग्राम सुनका गहना र ३ केजी २१८ ग्राम चाँदी बरामद गरेको थियो ।

उक्त रकम, सुनचाँदीसहित पक्राउ परेका गोरखा नगरपालिका वडा नम्बर–६ घर भएर गोंगबुमा बस्दै आएका ७७ वर्षीय श्रेष्ठमाथि थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाउने निर्णय भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।गोंगबुस्थित आफ्नै घरबाट पक्राउ परेका श्रेष्ठले सुन धितो राखेर मिटरब्याजमा पैसा लगानी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट