रौतहट : बाराको इलाका प्रहरी कार्यालय सिमराले लागुऔषध गाँजासहित एक युवकलाई नियन्त्रणमा लिएको छ। आज बिहान ७ः३० बजे जिल्ला जितपुर सिमरा उपमहा नगरपालिका १ पूर्वटोलमा ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको असई राजहरण यादवको टोलीले पथलैयाबाट जैतापुरतर्फ जाँदै गरेको विआर ०५ एम ७७१८ नम्बरको भारतीय मोटरसाइकललाई चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा उक्त मोटरसाइकलको ट्याङ्की मुनी फल्स बटम बनाई लुकाइ–छिपाई ल्याइएको करिब ५ किलो गाँजा फेला परेको बारा प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङले बताएका छन्।उक्त गाँजासहित जितपुर सिमरा ११ खेस्रोल बस्ने २० वर्षीय मुना यादवलाई नियन्त्रणमा लिइएको एसपी तामाङले जानकारी दिएका छन्।बारा प्रहरीका अनुसार पक्राउ परेका युवकलाई आवश्यक कारबाही तथा थप अनुसन्धान भइरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij