Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सुन धरौटी लिएर पैसा दिन्थे विनोद श्रेष्ठ, प्रहरीसँग भने, ‘छोराहरूको कम्पनी छ’

सुन धरौटी लिएर पैसा दिन्थे विनोद श्रेष्ठ, प्रहरीसँग भने, ‘छोराहरूको कम्पनी छ’

काठमाडौँ : मंगलबार प्रहरीले छापा मारेर गोंगबु स्थित विनोद श्रेष्ठको घरबाट ४ करोड २५ लाख ५० हजार नगद बरामद गरेको छ ।गोरखाको गोरखा नगरपालिका वडा नम्बर–१ घर भएर काठमाडौँ–२६ मा घर बनाएर बसेका श्रेष्ठको घरमा त्यति नगद मात्र भेटिएन, सुनका गहना पनि अत्यधिक भेटिएको छ । उनको घरबाट करिब ७ केजी गहना प्रहरीले बरामद गरेको छ ।

घरमा सर्च गर्न पुगेका प्रहरीले चामलको बोरामा लुकाएर राखेको पैसा गणना गर्न थालेपछि ७६ वर्षीय श्रेष्ठ हेरिरहे । अनुसन्धान अधिकृतहरूले रकम सुरक्षित गणना गर्ने उल्लेख गर्दै सोधे, ‘कहाँबाट ल्याउनुभयो बुवा यो रकम ?’

श्रेष्ठले जवाफ दिए, ‘एडिबी कम्पनी छ छोराहरूको ।’ बैंकमा धेरै रकमको कारोबार गर्न नपाउने भएपछि घरबाट नै कारोबार गर्ने गरेको श्रेष्ठले बताए । उनले भने, ‘बैंकमा ९ लाखभन्दा बढी कारोबार गर्न मिल्दैन ।’

धरौटीको रूपमा सुन राखेर श्रेष्ठले पैसा ब्याजमा लगाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । काठमाडौँका एसएसपी विश्व अधिकारी भन्छन्, ‘सुन धरौटी राखेर रकम दिने गरेको देखिन्छ ।’

Binod Shrestha 5.17 (2082)...

उनले मिटर ब्याजमा समेत लगानी गर्ने गरेको एसएसपी अधिकारीको आशङ्का छ । अधिकारी भन्छन्, ‘त्यसबारे अनुसन्धान गर्छौँ ।’सुन राखेर कतिपय प्रहरीका अधिकृतहरू समेत रकम लिन आउने गरेको श्रेष्ठले दाबी गरेका छन् । प्रहरीसँग उनले भनेका छन्, ‘डीएसपीहरु नै सुन राख्न आउँछन्, पैसा लान्छन् ।’श्रेष्ठले धरौटीमा राखेको गहना पसलेहरूलाई बेच्ने गरेको थाहा भएको छ । सुन पसलेहरू उनीकहाँ सुन लिन जान्थे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट