Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

मोटरसाइकल दुर्घटनामा परेका दुई युवकको निधन

मोटरसाइकल दुर्घटनामा परेका दुई युवकको निधन

काठमाडौँ : रसुवा जिल्लाको गोसाई कुण्ड गाउँपालिका–६, सोलेस्थित खोलामा मोटरसाइकल दुर्घटना भई हराएका दुई जनाको शव फेला परेको छ ।

फेला परेको एउटा शव रोप रेस्क्यु विधिबाट निकाल्ने कार्य भइरहेको छ भने अर्को शव सोही खोलामा स्थानीयले देखेको भनी जानकारी प्राप्त भएको छ ।

सशस्त्रका सह प्रवक्ता शैलेन्द्र थापाका अनुसार, भदौ १५ गते रसुवा जिल्लाको गोसाई कुण्ड गाउँपालिका–६, ठाडे बस्ने २४ वर्षीय सुदीप घले र २३ वर्षीय दावा डेण्डुप तामाङ एएए–३८१७ नम्बरको मोटरसाइकलमा धुन्चेतर्फ गएकोमा हालसम्म सम्पर्कमा नआएपछि निजको आफन्तले खोजी कार्यका लागि भदौ १७ गते बिहान जिल्ला प्रहरी कार्यालय रसुवामा निवेदन दिएका  थिए ।

निवेदन प्राप्त भएपछि नेपालि सेना श्रीनाथ गण धुन्चेस्थित चेकप्वाइन्टमा जडान भएको सिसिटिभी फुटेजमा सोही दिनको राति करिब १० बजेको समयमा धुन्चेबाट ठाडेतर्फ मोटरसाइकलमा गएको देखिएको थियो ।

सिसिटिभी फुटेजकै आधारमा उनीहरूको खोजीकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल नं. २० गुल्म रसुवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक मोहवीर नगालको कमान्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी बल सहितको संयुक्त टोली भदौ १७ गते बिहान परिचालन भएको छ । घटनाको प्रकृति हेर्दा मोटरसाइकल सडकबाट करिब २ सय ५० मिटर तल खोलामा खसेर दुर्घटना भएको जस्तो देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट