Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

गोंगबुमा ४ करोड बरामद प्रकरण : एक जना पक्राउ

गोंगबुमा ४ करोड बरामद प्रकरण : एक जना पक्राउ

काठमाडौँ : राजधानीको गोंगबु टाउन प्लानिङस्थित एक घरमा प्रहरीले छापा मारेको छ । मंगलबार उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले ठुलो परिमाणमा अवैध रकम लुकाइएको सूचनाका आधारमा छापा मारेको हो ।

सो क्रममा प्रहरीले गोरखा घर भएका विनोद श्रेष्ठलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी टेकबहादुर तामाङले जानकारी दिए । अहिले घटनास्थलमा काठमाडौँका प्रहरी प्रमुख विश्व अधिकारी समेत पुगेका छन् । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट