पोखरा : काठमाडौंबाट गोरखाको माछिखोलाका लागि छुटेको रात्रीबस तान्द्राङमा दुर्घटना भएको छ ।
गण्डकी प्रदेश ००६ ख ४१३१ नम्बरको बस भीमसेनथापा गाउँपालिका-३ स्थित तान्द्राङमा मंगलबार बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा कम्तिमा १५ जना घाइते भएको स्थानीयले बताएका छन् । घटनास्थलतर्फ प्रहरी गइरहेको छ ।
घाइतेमध्ये केहीको अवस्था गम्भिर छ । थप विवरण आउन बाँकी छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij