Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

खैरो हेरोइनसहित २ जना पक्राउ

खैरो हेरोइनसहित २ जना पक्राउ

कैलाली : कैलाली प्रहरीले ९ ग्राम २३० मिलिग्राम लागू औषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार विशेष सूचनाका आधारमा आइतबार लागू औषध नियन्त्रण ब्युरो र प्रहरी चौकी गेटाबाट खटिएको संयुक्त टोलीले गोदावरी नगरपालिका–०१ बिजौरा स्थित माछा पोखरी नजिक चेकजाँच गर्ने क्रममा से.३ प ५१४१ नम्बरको मोटरसाइकल चालक २७ वर्षीय राजु चौधरीलाई नियन्त्रणमा लिएको हो । उनको मोटरसाइकलको भाइजर मुनी टी–गार्डको प्वालभित्र लुकाइ राखिएको अवस्थामा ९ ग्राम खैरो हेरोइन फेला परेको थियो ।

त्यस्तै, इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले टीकापुर नगरपालिका–०६ नारायणपुर चोकमा पैदल हिँडिरहेका ४१ वर्षीय नारायण डगौरालाई शङ्का लागि चेकजाँच गर्दा मुखमा लुकाइ राखेको २३० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ ।दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट