Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

कोटेश्वरको गेष्हाउसबाट १० जना जुवाडे पक्राउ

कोटेश्वरको गेष्हाउसबाट १० जना जुवाडे पक्राउ

काठमाडौँ : कोटेश्वरको गेस्टहाउसबाट प्रहरीले १० जना जुवाडेहरूलाई पक्राउ गरेको छ । काठमाडौँ– ३२ कोटेश्वरस्थित लालीगुराँस गेस्ट हाउसमा सञ्चालित जुवा खालबाट ७० हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।

प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले शनिबार उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा पाँचथर घर भएका विकास चेम्जोङ, राजु विश्वकर्मा, सुरेन्द्र चेम्जोङ, सुनसरीको धरान उपमहानगरपालिका–१२ घर भएका दीपेन्द्र राई, पाँचथरका मोतीबहादुर लिम्बु, रामवीर चेम्जोङ, केशव चेम्जोङ, रबिन चेम्जोङ, तनहुँ घर भएका ३७ वर्षीय भानु गुरुङ र पाँचथरका डिल्ली घिमिरे छन् ।जुवा खालबाट प्रहरीले १६ थान कौडा बरामद गरेको छ । आरोपीहरूमाथि प्रहरी वृत्त नयाँ बानेश्वरले जुवा सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट