Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

करेन्ट लागेर सिरहामा दुई जनाको मृत्यु

करेन्ट लागेर सिरहामा दुई जनाको मृत्यु

सिराहा :  सिरहामा शनिबार करेन्टमा परेर दुई जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

सिरहा नगरपालिका-४ रमौल बस्ने इद महमदको छोरा १५ वर्षीय मो अम्मादको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ । आफ्नै घरको कलमा जडान गरिएको विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी सिराहाकै लहान नगरपालिका-१९ कटहा बस्ने ४० वर्षीय कमकलाल सदायको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरमा सिटी रिक्सा चार्ज गरी चार्जर झिक्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको कामना अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट