गुल्मी : धुर्कोट गाउँपालिका –६ रजस्थल किटेनीका ५७ वर्षीय शिवबहादुर घर्ती मृत फेला परेका छन् । उहाँ मदाने गाउँपालिका –७ भनभनेको लाम्काने जङ्गलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जङ्गलमा शव भेटिएपछि इलाका प्रहरी कार्यालय पुर्कोटबाट प्रहरी सहायक निरीक्षक विष्णुबहादुर गाहा नेतृत्वको प्रहरीको टोली घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो ।
धुर्कोट गाउँपालिका –६ का वडा सदस्य शालिकराम अर्यालका अनुसार घर्ती भदौ ८ गते घरबाट सम्पर्कविहीन हुनुभएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij