Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

खोलाले बगाएर एक जनाको मृत्यु

खोलाले बगाएर एक जनाको मृत्यु

सुलीकोट :  गोरखामा भेडा बचाउन खोलामा हामफाल्दा खोलाले बगाएर गोठालाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारपाक सुलिकोट गाउँपालिका –१ का ६० वर्षीय अर्जुन घले भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शनिबार बेलुका ४ बजे जङ्गलबाट भेडा चराएर घरतर्फ ल्याउने क्रममा स्थानीय किस्वाराँ खोलाको फड्के तर्दा भेडा खसेर बगाएको र सोही भेडा बचाउन खोलामा हाम्फाल्दा घलेलाई खोलाले बगाएर मृत्यु भएको उहाँले बताउनुभयो ।

भेडासँगै खोलामा बगेका घलेलाई स्थानीय, बारपाक चौकीका प्रहरी र इलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरी टोलीले शनिबार बेलुका साँझ ७ बजे फट्केभन्दा ४० फिट तल खोचमा घलेको शब फेला पारेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

खोलामा हाम फाल्दा मृत्यु भएका घलेको शब पोष्टमार्टको लागि प्रदेश अस्पताल गोरखामा आइतबार लगिएकाले उक्त घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक सुवेदीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट