Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

स्विमिङ पुलमा पौडी खेल्दा मृत्यु

स्विमिङ पुलमा पौडी खेल्दा मृत्यु

बिर्तामोड :  झापाको बिर्तामोड २ मा रहेको ड्रिमल्याण्डको कम्पाउण्डभित्र रहेको स्विमिङ पुलमा डुबेर एकजनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो ३ बजे स्वीमिङ पुलमा बिर्तामोड– ३ बस्ने ३३ वर्षीय प्रकाश प्रसाई र बिर्तामोड– १० बस्ने ३३ वर्षीय केशब शिवाकोटी पौडी खेल्न गएका हुन् । पौडी खेल्ने क्रममा प्रसाईको मृत्यु भएको हो । मृतक ओमकार रेडिमिक्स कंक्रिट प्रालिका सञ्चालक हुन् ।

शुक्रबार राति ८ बजे स्वीमिङ पुल सञ्चालकले इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराएपछि प्रहरी टोली पुगि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट