Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सवारीको ठक्करबाट तीन जना गम्भीर घाइते

सवारीको ठक्करबाट तीन जना गम्भीर घाइते

हेटौँडा :  मकवानपुरको फरक–फरक स्थानमा सवारीको ठक्करबाट तीन जना गम्भीर घाइते हुनुभएको छ । मदन भण्डारी लोक मार्गअन्तर्गत पूर्वी मकवानपुरको बकैया गाउँपालिका–५, सिमातपुलमा शुक्रबार ट्याक्टरले ठक्कर दिँदा दुई जना गम्भीर घाइते हुनुभएका छन् ।  

मदन भण्डारी लोक मार्गमा सिन्धुलीबाट हेटौँडा तर्फ जाँदै गरेको ज १३ प २०४४ मोटरसाइकल र विपरीत दिशा श्रीपुरबाट जुरेली तर्फ  आउँदै  गरेको ना ७ त ५०७२ नम्बरको ट्याक्टर एक आपसमा ठक्कर खादा मोटरसाइकल चालक सिन्धुली कमलामाई नगरपालिका–६ बस्ने ३० वर्षीय धन कुमार आले मगर र पछाडि बस्ने सोही स्थानका २५ वर्षीय रगुन खत्री गम्भीर घाइते हुनुभएको छ । आले मगरको हात, खुट्टा र खत्री टाउको, दाहिने खुट्टामा चोट लागेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । घाइतेहरूको अवस्था गम्भीर रहेको छ भने उहाँहरूको मकवानपुर सहकारी अस्पताल हेटौँडामा उपचार भइरहेको छ । ठक्कर दिने ट्याक्टर चालक बकैया गाउँपालिका–५ बस्ने ३९ वर्षीय बुद्धिलाल घिसिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै, पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका–३ बसामाडीमा ट्रकले ठक्कर दिँदा पैदल यात्री गम्भीर घाइते हुनुभएको छ । हेटौँडाबाट चितवन तर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख ०६११ नं.को ट्रकले पैदल यात्री सहारा ग्यास डिपोमा लेबर काम गरी बस्ने मकवानपुर बागमती गाउँपालिका–६ बस्ने ३२ वर्षीय सुजन आले घाइते हुनुभएको छ । उहाँको टाउको र कम्मरमा चोट लागेको छ उहाँको अवस्था गम्भीर रहेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक खतिवडाले जानकारी दिनुभयो । हेटौँडास्थित चुरेहिल अस्पतालमा घाइतेको उपचार भइरहेको छ । ठक्कर दिने ट्रक, ट्रक चालक हेटौँडा उपमहानगरपालिका–१० बस्ने २९ वर्षीय अनुप थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट