Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सिरहाको लहानबाट भन्सार छलीका कपडा बरामत

सिरहाको लहानबाट भन्सार छलीका कपडा बरामत

सिरहा : श्याम कुमार  ठाकुर सिरहा  जिल्लाको  लहान  नगरपालिका–१९ स्थित  चहरपट्टी चौकबाट  सशस्त्र प्रहरीले भन्सार  छली गरी ल्याइएका  कपडा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ७ गुल्म, लहानका अनुसार बिहीबार साँझ करिब ८ बजे गस्तीमा रहेको टोलीले शङ्का लागेपछि भारतीय नम्बर BR 01 PB 4642 भएको सेतो स्कारपियो रोकेको थियो। प्रहरी देखेपछि चालक गाडी छाडेर फरार भएका थिए। गाडी जाँच गर्दा त्यसमा नयाँ तथा विभिन्न प्रकारका कपडा लोड गरिएको पाइयो।

प्रारम्भिक अनुसन्धान अनुसार उक्त कपडा भन्सार छली गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको थियो। प्रहरीका अनुसार बरामद कपडाको अनुमानित मूल्य रु ७ लाख ४ हजार ८५० रहेको छ भने गाडीको अनुमानित मूल्य रु १५ लाख रहेको छ। हाल फरार चालकको खोजी कार्य जारी रहेको र बरामद कपडा तथा गाडी आवश्यक कारबाहीका लागि लहान भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीका अनुसार यो कारबाही भन्सार छली तथा अवैध सामान तस्करी नियन्त्रणमा एक महत्त्वपूर्ण सफलताका रूपमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट