Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

आशिका तामाङलाई पाँच दिन कैद सजाय

आशिका तामाङलाई पाँच दिन कैद सजाय

काठमाडौँ : आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई पाँच दिन कैद सजाय सुनाइएको छ।बिहीबार भक्तपुर जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय सुनाएको जिल्ला अदालतकी सूचना अधिकारी हिराकुमारी भण्डारीले बताइन् ।

तामाङसँगै अर्का प्रतिवादी शरण तिरूवालाई पनि आपराधिक उपद्रवमा सजाय सुनाइएको हो । सूर्यविनायक नगरपालिकाले साँगामा बनाएको झोलुङ्गे पुलमा रकम उठाएको विषयमा आशिका लगायतले अवरोध पुर्‍याएको, स्थानीय पालिकाले राखेको सूचना च्यातेको आरोप थियो।त्यही विषयमा नगरपालिकाले प्रहरीमा आपराधिक उपद्रव कसुर गरेको भन्दै जाहेरी दिएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट