धनगढी : कैलाली खुटिया नदीमा डुबेर आज चार किशोर बेपत्ता भएका छन्।
गोदावरी नगरपालिका–९, सेहरीस्थित झोलुङ्गे पुल नजिक नदीमा पौडी खेल्ने क्रममा उनीहरू डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। बेपत्ता हुनेमा १७ वर्षीय जाबेज भण्डारी, १५ वर्षीय प्रतीक चौधरी, १७ वर्षीय सक्षम जोशी र १५ वर्षीय जेब भण्डारी रहेका छन्।
आज दिउँसो २ बजेतिर नुहाउने क्रममा उनीहरू डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिनुभयो। उहाँले बेपत्ता किशोरको खोजीकार्य भइरहेको बताउनुभयो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij