Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

काठमाडौँ र ललितपुरमा करिब ११ लाख बराबरको धनमाल चोरी

काठमाडौँ र ललितपुरमा करिब ११ लाख बराबरको धनमाल चोरी

काठमाडौँ :  काठमाडौँ र ललितपुरमा बुधबार लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

काठमाडौँको तारकेश्वर नगरपालिका-१० डेरा गरी बस्ने उदयपुर घर भएका २९ वर्षीय विक्रम लायो मगरको कोठाबाट सुनका विभिन्न गरगहना र नगद १ लाख ७० हजार रुपैयाँ समेत गरी करिब ९ लाख ६ हजार रुपैयाँ बराबरको धनमाल बुधबार राति चोरी भएको छ ।

यसै गरी ललितपुरको ललितपुर महानगरपालिका-२५ खोकना दोबाटोस्थित मोहन कृष्ण महर्जनको पसलबाट नगद २ लाख रुपैयाँ बुधबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट