Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको मृत्यु

डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको मृत्यु

धनगढी : डडेल्धुरामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका-५ स्थित उकल्ली काणे भन्ने स्थानमा चामाबाट डडेल्धुरातर्फ गइरहेको से १ ज ७३८ नम्बरको जिप दुर्घटना भएको हाे। बिहीबार बिहान ८ बजेतिर भएको दुर्घटनामा परेर ४ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । घाइतेहरूलाई डडेल्धुरा अस्पतालमा उपचारका लागि पठाइएको छ। मृतक र घाइतेहरूको परिचय खुलेको छैन। जिप सडकबाट करिब ४ सय मिटर तल खसेको र चालकसहित १० जना सवार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट