Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

खैरो हेरोइनसहित भक्तपुरबाट एक जना युवक पक्राउ

खैरो हेरोइनसहित भक्तपुरबाट एक जना युवक पक्राउ

काठमाडौँ :  प्रहरीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ स्थित गठ्ठाघरबाट खैरो हेरोइन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको कानेपोखरी गाउँपालिका–३ घर भएका ३० वर्षीय शरण राई छन् ।

आरोपीको साथबाट १० ग्राम ६४ मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले रातोपाटीलाई बताए ।

उनको साथमा लागुऔषध जोख्ने डिजिटल तराजु पनि भेटिएको छ । आरोपी विरुद्ध ७ दिनको म्याद लिएर लागुऔषध मुद्दामा अनुसन्धान भइरहेको डीएसपी नेउपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट