Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सामूहिक बलात्कारमा १६ वर्ष र ६ वर्ष कैद तोकिएका दुई जना प्रतिवादी पक्राउ

सामूहिक बलात्कारमा १६ वर्ष र ६ वर्ष कैद तोकिएका दुई जना प्रतिवादी पक्राउ

काठमाडौँ :  सामूहिक बलात्कार मुद्दामा १६ वर्ष र ६ वर्ष कैद सजाय तोकिएका दुई जना प्रतिवादीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । दाङको तुलसीपुरस्थित पातुखोलामा भएको बलात्कारमा संलग्नहरूलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता (एसपी) युवराज खड्काले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा दाङको साबिक उरहरी गाविस घर भएका चन्द्र बुढामगर र यादव टण्डन खत्री छन् । २०६७ असार १५ मा राति साढे ११ बजेतिर उनीहरूले तुलसीपुर नगरपालिका वडा नम्बर–५ र ९ को सिमानामा पर्ने खोलामा बलात्कार गरेको घटनामा प्रहरीले अनुसन्धान गरेको थियो ।

सामूहिक बलात्कार तथा अपहरण मुद्दामा बुढामगरलाई सर्वोच्च अदालतले ६ वर्ष कैद र यादव टण्डन खत्रीलाई १६ वर्ष कैद सजाय हुने फैसला गरेको छ । २०७९ मा सर्वोच्चले सो फैसला गरेको हो । बुढामगरलाई काठमाडौँको बानेश्वरबाट र टण्डनलाई बालुवाटारबाट पक्राउ गरिएको एसपी खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट