Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सिन्धुपाल्चोकको भोटेकोशीमा जिप खस्यो, दुई जना बेपत्ता

सिन्धुपाल्चोकको भोटेकोशीमा जिप खस्यो, दुई जना बेपत्ता

काठमाडौँ : अरनिको राजमार्ग स्थित सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर–४ मा जिप दुर्घटना भएको छ ।हिन्दी भन्ने ठाउँबाट बा.२१ च ७५४४ नम्बरको बोलेरो जिप सडकबाट २० मिटर तल भोटेकोशीमा खसेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले बताए ।

तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बोलेरो रौतहटको बौधिमाई नगरपालिका–१ घर भएका २३ वर्षीय राजेश कुमार कुशवाहले चलाएका थिए ।बोलेरोमा सवार सहचालक २५ वर्षीय राम प्रवेश महतो र चालक कुसवाह बेपत्ता भएका छन् । उनीहरूको खोजी कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट