Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

रौतहटको सुटकेश हत्या प्रकरण : एकजना संदिग्ध पक्राउ

रौतहटको सुटकेश हत्या प्रकरण : एकजना संदिग्ध पक्राउ

काठमाडौं : रौतहटको माधव नारायण नगरपालिका–२ की २६ वर्षीया रुबीकुमारी साहको हत्या प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।प्रहरी स्रोतका अनुसार संलग्नता देखाउने पर्याप्त प्रमाण फेला परेपछि उनलाई पक्राउ गरिएको हो । उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताइएको छ ।

अहिले थप बुझ्ने र प्रमाण भेरिफाई गर्ने काम भइरहेको स्रोत बताउँछ । प्रहरीले उनको नाम खुलाएको छैन ।गत शनिबार गौर बजार जाने भन्दै डेराबाट निस्केकी रुबी त्यसै दिन मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव सुटकेशमा प्याक गरिएको अवस्थामा सडक किनारमा फेला परेको थियो ।

साहले दिउँसो करिब ६ बजे आमा मिथिला देवी साहलाई फोन गरेर केही सामान ल्याउनुपर्ने बताएका थिए । तर, त्यसपछि उनी बेपत्ता भएकी थिइन् ।राति १० बजेतिर संकास्पद अवस्थामा सडकमा राखिएको सुटकेश देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट