Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बर्दियाबाट ४८ लाख बराबरको भेप बरामद

बर्दियाबाट ४८ लाख बराबरको भेप बरामद

काठमाडौँ : बर्दियाको मधुवन नगरपालिका–५ स्थित फुलराम चोकबाट सशस्त्र प्रहरीले ठुलो परिमाणमा भेप बरामद गरेको छ । सोमबार बिहान १ बजेतिर करिब ४८ लाख मूल्य बराबरको इलेक्ट्रिक भेप बरामद गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

साइकलमा राखेर भारत लैजान लागेको अवस्थामा बिओपी शक्तिपुरका सई कमलबहादुर नेपाली नेतृत्वको टोलीले ८ कार्टुन भेप सशस्त्रले बरामद गरेको हो । भेपको सङ्ख्या १ हजार ९२० थान छ । भेप तस्करीमा संलग्न आरोपी फरार छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट