Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

टिप्परको ठक्करबाट एकको मृत्यु

टिप्परको ठक्करबाट एकको मृत्यु

घोराही :  दाङमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठानको ऐरावती गाउँपालिका–५ बस्ने १९ वर्षीय मोटरसाइकलमा सवार सुशील थापा रहेका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको गढवा गाउँपालिका–१, धोद्रे पुल नजिक आइतबार बिहान चन्द्रौटादेखि पश्चिम जाँदै गरेको ना ८ ख ८२५९ नम्बरको टिप्पर र प्युठानबाट चन्द्रौटातर्फ जाँदै गरेको लु ३९ प ८३९० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक डवलबहादुर बमले जानकारी दिनुभएको छ। उहाँका अनुसार दुर्घटनामा गम्भीर घाइते थापाको भालुवाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रहरी निरीक्षक बमका अनुसार दुर्घटनामा परि मोटरसाइकल चालक सोही ठाउँ निवासी २२ वर्षीय प्रचण्ड थापा घाइते भएका छन् । घाइते थापाको भालुवाङ अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि लमही अस्पताल पठाइएको छ भने टिप्पर र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट