Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सुटकेसभित्र मृत भेटिएकी महिलाको सनाखत, परिवारका सदस्य प्रहरीको सम्पर्कमा

सुटकेसभित्र मृत भेटिएकी महिलाको सनाखत, परिवारका सदस्य प्रहरीको सम्पर्कमा

काठमाडौँ : रौतहटको गौर नागरपालिका–९ स्थित गौर–सिरसिया सडक खण्डमा सुटकेसभित्र मृत अवस्थामा भेटिएकी महिलाको सनाखत भएको छ । मुठवलबा गेट नजिकै मृत भेटिएकी महिलाको शव गौर नगरपालिका–२ मा बस्दै आएकी करिब २६ वर्षीय रुवी शाह सुडीको रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले बताए ।

माधवनारायण नगरपालिका–६ माइती भएकी रुवीले भारतमा विवाह गरेकी थिइन् । तर, उनी ४ वर्षीय छोरा पढाउन गौर नगरपालिका–२ स्थित महादेवपट्टिमा डेरामा बस्दै आएकी थिइन् । सुटकेशमा कुईनो र घुँडा जोडेर प्याक गरेको अवस्थामा शव भेटिएपछि प्रहरीले घटनाबारे अनुसन्धान गरिहरेको छ ।

नाकबाट रगत बगेको तर, उनको शरीरमा कुनै चोट नदेखिएको डीएसपी कार्कीले बताए । मृतकका परिवार प्रहरीको सम्पर्कमा आएका छन् । उनका श्रीमान् पनि भारतबाट नेपाल आएको डीएसपी कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट