Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

३ जना मृतावस्थामा फेला

३ जना मृतावस्थामा फेला

काठमाडौं : विभिन्न स्थानमा तीन जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौ महानगरपालिका-२० काष्ठमण्डपस्थित मन्दिरको पेटीमा अन्दाजी ५५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी काभ्रेको मण्डनदेउपुर नगरपालिका-३ बयलबोट बस्ने ४२ वर्षीय नवराज घर्ती पनि सोही ठाउँस्थित बाटोमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी तनहुँको आबुँखैरेनी गाउँपालिका-२ ढापटारस्थित मर्स्याङ्दी नदीको किनारमा अन्दाजी ३५ बर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट