Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

घरको बार्दलीबाट खसेर एक जनाको मृत्यु

घरको बार्दलीबाट खसेर एक जनाको मृत्यु

सल्यान : आफ्नै घरको बार्दलीबाट लडेर सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका– ४, झङ्खानी निवासी ५७ वर्षीय दयनबहादुर खत्रीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

शुक्रबार राति करिब १ बजेतिरको समयमा बार्दलीबाट लडेर अचेत हुुनुभएको उहाँलाई उपचारका लागि श्रीनगरस्थित कर्णाली अस्पतालमा लगिएको थियो ।

उपचारकै क्रममा दयनबहादुरको शनिबार बिहान ४ः२० बजेतिरको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो । आफ्नै घरको बार्दलीबाट करिब नौ फिट तल खसेका दयनबहादुरको टाउको तथा मुखको भित्री भागमा चोट लागेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट