Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

मानव बेचबिखन तथा ओसारपसार आरोपमा गोरखाकी एक महिला पक्राउ

मानव बेचबिखन तथा ओसारपसार आरोपमा गोरखाकी एक महिला पक्राउ

गोरखा, ६ भदौ : मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा गोरखा सदरमुकामकी १ जना युवती पक्राउ परेकी छिन् ।पक्राउ परेकी युवती गोरखा नगरपालिका–४ फिनामकी २८ वर्षीया सरिता सिर्मल भएको पर्सा प्रहरीले पुष्टी गरेको हो । सिर्मललाई पर्सा प्रहरीले गएको मंगलबार दिउँसो पक्राउ गरेको थियो ।

पीडितहरूलाई विभिन्न प्रलोभन देखाई ललाई फकाई हेटौडाबाट वीरगंज हुँदै भारतको रक्सौलतर्फ लैजान लागेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उनलाई वीरगंज महानगरपालिका–१६ शंकराचार्य गेटस्थित सडकबाट पक्राउ गरेको हो ।

प्रहरीले ३ जना पीडितहरूलाई समेत उद्दार समेत गरेको छ । पक्राउ परेकी सिर्मल उपर मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट