कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका–१ चैनपुरमा एक घरबाट सुनका गरगहना र नगद गरी करिब ६ लाख २२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
स्थानीय बासुदेव शर्माको घरमा बिहीबार दिउँसो चोरी भएको प्रहरीले जनाएको छ । चोरीमा संलग्न व्यक्ति हाल फरार रहेको र उनको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ । प्रहरीका अनुसार घटनाबारे आवश्यक अनुसन्धान थालिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij