Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

मनमैजुबाट ९ लाखभन्दा बढीको गहना र नगद चोरी

मनमैजुबाट ९ लाखभन्दा बढीको गहना र नगद चोरी

काठमाडौँ :  काठमाडौँको तार्केश्वर नगरपालिका–९ मनमैजुस्थित एक घरबाट नगद र सुनका गहना चोरी भएको छ । मंगलबार दिउँसो नर्थपोल स्कुल नजिकैको घरबाट अपरिचित व्यक्तिले नगद र गहना चोरेका हुन् ।

६० वर्षीय पुरुषको डेराबाट २ लाख ३० हजार नगद र गहनासहित ९ लाख २० हजारको सामान चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।

घरमा कोही नभएको मौकामा ताला फुटाएर काठको दराज फुटाएर सो सामान चोरेर आरोपी फरार भएका छन् । चोरीमा संलग्नको खोजी भइरहेको एसपी बोहराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट