Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

खैरो हेराेइनसहित मोरङबाट दुई जना भारतीय नागरिक पक्राउ

खैरो हेराेइनसहित मोरङबाट दुई जना भारतीय नागरिक पक्राउ

काठमाडौँ : प्रहरीले मोरङको रङ्गेली नगरपालिका–५ स्थित चाँदनी चोकबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार घर भएका २९ वर्षीय इम्तियाज अन्सारी र ३१ वर्षका नुर हसन छन् । मंगलबार भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरेर उनीहरूको साथबाट १११ ग्राम २७० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

आरोपी इम्तियाजले कम्ब्याट ट्राउजरको अगाडी कम्मरमा पेटिलाइनमा लागुऔषध लुकाएर ल्याएका थिए । नेपालमा बेच्ने उद्देश्यले भारतबाट सो लागुऔषध ल्याएको उनीहरूले प्रहरीलाई बयान दिएका छन् । ब्युरोको टोलीले पक्राउ गरेर उनीहरूलाई इलाका प्रहरी कार्यालय रङ्गेलीमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट