Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सप्तरीमा एक युवक झुण्डिएको अवस्थामा फेला

सप्तरीमा एक युवक झुण्डिएको अवस्थामा फेला

सप्तरी :  सप्तरीको महादेवा गाउँपालिका–२, महादेवा टोलका २२ वर्षीय लालु मण्डल आफ्नै घरको सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

बुधबार बिहान करिब ६ बजे स्थानीय बासिन्दाले लालु मण्डल आफ्नै एकतले कच्ची घरको कोठामा काठको बलोमा गम्छाको पासो लगाई झुण्डिएको देखेपछि प्रहरी चौकी महादेवामा खबर गरेका थिए । खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

प्रहरीका अनुसार घटनास्थल सुरक्षित राखिएको छ र थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरीक्षकको नेतृत्वमा फरेन्सिक टोली सहितको प्रकृति मुचुल्का टोली खटिएको छ । शवको पोष्टमार्टमको लागि राजविराज स्थित गजेन्द्रनारायण अस्पताल पठाउने जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेत जानकारी दिनुभयो । उहाँले मृतकको मृत्युका कारण खुल्न बाँकी रहेकाले आवश्यक अनुसन्धानपछि थप विवरण सार्वजनिक गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट