Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको जलेर मृत्यु

आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको जलेर मृत्यु

झापा  : आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएकी झापाकी एक महिलाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिम्सिनाकाअनुसार घरमा एक्लै भएका बेला सोमबार दिउँसो पेट्रोल छर्केर आफ्नो शरीरमा आगो लगाएकी दमक नगरपालिका–१ भानु चोक निवासी मनोज साहकी श्रीमती ३० वर्षीया शोभाको आज बिहान मृत्यु भएको हो ।

दमक अस्पतालमा सामान्य उपचारपश्चात् धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकामा त्यहाँ उपचार नहुने जानकारी पाएपछि पुनः बिर्तामोडस्थित विएण्डसी अस्पतालमा ल्याउँदा निजको मृत्यु भएको हो । श्रीमान्सँग मनमुटाव भएपछि निजले आत्मदाहको प्रयास गरेको आशङ्का प्रहरीको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट